सागमा नेपाललाई पहिलो स्वर्ण मण्डेकाजीले दिलाए
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ । एकल काता तर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका हुन् ।
पाकिस्तानका खेलाडीलाई हराउँदै श्रेष्ठले स्वर्ण जितेका हुन् । श्रेष्ठको समेत सागमा पहिलो स्वर्ण हो ।
श्रेष्ठले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याए ।
नेपालका लागि पहिलो पदक भने कराँतेको व्यक्तिगत कातातर्फ चञ्चला दनुवारले दिलाएकी हुन् । चञ्चलालाई फाइनलमा पाकिस्तानकी शाहीदाले पराजित गरिन् । फाइनलमा पराजित भए सँगै चञ्चलाले रजत पदक जितेकी हुन् ।