धरान–७ मा नेकपा एक मतले विजयी
धरान उपमहानरपालिका वडा नम्बर सातमा नेकपाले जितेको छ ।
नेकपाका उम्मेद्वार जीवन सुवेदी एक मत अन्तरले जितेका हुन् । सुुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेद्वार सुवर्ण पालिखेले ६२१ मत ल्याए ।
मेयर पदमा भने नेपाली कांग्रेसका तिलक राईले फराकिलो अन्तरले नेकपाका प्रकाश राईलाई पछाडि पारेका छन् ।