धरानमा कांग्रेसकाे अग्रता झनै बढ्यो
धरान उपमहानरपालिकामा नेपाली कांग्रेसको अग्रता बढेर गएको छ ।
सोमबार बिहानसम्मको मतपरिणामअनुसार, कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेद्वार प्रकाश राईले भने २३ हजार १४ मत पाएका छन् ।
अहिले वडा नम्बर–१ र ७ को मत गणना भइरहेको छ । २०७४ को निर्वाचनमा धरान उपमहानरपालिकाबाट एमालेका तारा सुब्बा विजयी भएका थिए ।