बाग्लुङबाट राजमोका खिमबिक्रम शाही विजयी
बागलुङ–२ (ख) बाट राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही निर्वाचित भएका छन् ।
शाहीले नेपाली कांग्रेसका उम्मेद्वार जीतबहादुर शेरचनलाई दुई हजार मतान्तरले पराजित गरेका हुन् । शाहीले ११ हजार २३५ मत प्राप्त गर्दा शेरचने ९ हजार १३८ मत प्राप्त गरे ।
राजमोका उम्मेद्वारलाई सत्तारुढ नेकपाले समर्थन गरेको थियो । यसअघि पनि राजमोकै उम्मेद्वार यहाँबाट निर्वाचित भएका थिए ।
२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा सँगको गठबन्धनमा राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । त्यसबेला पनि कांग्रेसले जीतबहादुर शेरचनलाई नै उम्मेद्वार बनाएको थियो ।