दाङको प्रदेशसभा सदस्यमा बिमला वली निर्वाचित
दाङ क्षेत्रनम्बर ३ (ख) मा नेकपाकी उम्मेद्वार बिमला वली निर्वाचित भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव आचार्यलाई हराउँदै वली निर्वाचित भएकी हुन् । वलीले प्रदेशसभा २४ हजार २८६ मत पाउँदा आचार्यले १९ हजार १८२ मत मात्रै पाए ।
२०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए । उनको निधन भए पछि पत्नी बिमला उपनिर्वाचनमा उम्मेद्वार बनेकी हुन् ।