आईसीयूबाटै सागको उद्घाटन हेरे प्रधानमन्त्रीले
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह आईसीयूबाटै हेरेका छन् ।
एक साता अगाडि एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूबाटै सागको उद्घाटन समारोह हेरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइप्याडमा दशरथ रङ्गशालामा भएको साग उद्घाटनको प्रत्यक्ष प्रसारण हेरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।