कास्की-२ मा विद्या भट्टराई विजयी
कास्की–२, मा नेकपाका विद्या भट्टराई भारी मतान्तरले विजयी भएकी छन् ।
भट्टराईले नेपाली कांग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरले पराजित गरेकी छन् ।
विद्याले २४ हजार ३९४ मत ल्याउँदा पौडेलले १५ हजार ९९१ मत ल्याइन् ।
पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भए पछि उनकी पत्नी भट्टराई उपनिर्वाचन उम्मेद्वार बनेकी थिइन् ।