पिपरा गाउँपालिकामा राजपाको सिट नेकपाले खोस्यो
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको छ । समाजवादी पार्टी, नेपालका उम्मेद्वार रामजानकी यादवलाई पराजित गर्दै नेकपाका बिक्रम चौधरी विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार, तीन हजार २४९ मत ल्याएर चौधरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार यादवले तीन हजार ४१ मत ल्याइन् ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुई हजार ९८४ मत ल्याएर तेस्रो स्थानमा भए भने नेपाली कांग्रेसका उम्मेदवार विजय यादवले एक हजार ९३५ मत ल्याए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँ राजपा नेपालले जितेको थियो ।