मकालु गाउँपालिकामा नेकपाका पोखरेल विजयी
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा सत्तारुढ नेकपाले जितेको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार पराजित गर्दै नेकपा विजयी भएको हो ।
नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । उनले तीन हजार १८ मत प्राप्त गर्दै कांग्रेसका विमन पराजुलीलाई पराजित गरेका हुन् ।
२०७४ मा एमालेले जितेको यो गाउँपालिकामा पोखरेलले कांग्रेसका पराजुलीलाई ८०२ मतले पराजित गरेका छन् ।