खेलकुद आइतबार, मंसिर १५, २०७६

सागः खोखोमा बांग्लादेशलाई पहिलो पटक नेपालले हरायो

हिमालखबर

सागः खोखोमा बांग्लादेशलाई पहिलो पटक नेपालले हरायो

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आइतबार भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बांग्लादेशलाई पराजित गरेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले बांग्लादेशलाई २१–१९ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अंक जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बांग्लादेशलाई पराजित गरेको हो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अंक जोड्दा दोस्रो टर्नमा बांग्लादेशले पनि १२ नै अंक जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो ।

तेस्रो टर्नमा बांग्लादेशले सात अंक जोड्दा नेपाल २१–१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार/चार अंक जोडे । नेपालले सोमबार दोस्रो खेलमा भारतको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस