भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाएका छन् ।
भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली शिक्षण अस्पतालको आईसीयूमा छन् ।