मकालु गाउँपालिकामा नेकपाको अग्रता
संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदमा नेकपाका उम्मेद्वारले अग्रता लिएका छन् ।
१८९४ मत गणना हुँदा नेकपाका उम्मेद्वार तेजबहादुर पोखरेलले ९५७ मत पाएका छन् । पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमन पराजुलीले ७५१ मत पाएका छन् ।
समाजवादी पार्टीका नुर्वु शेर्पा १४३, राप्रपाका मेघनाथ राईले ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कविता राईले १० मत प्राप्त गरेकी छन् ।