एमाले एक्लैले जितेको चितवनमा नेकपा पराजित
चितवनको भरतपुर महानगर–१६, को वडाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेद्वार पराजित भएका छन् ।
नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्रमा पर्ने वडामा नेकपाका उम्मेद्वार भक्तराज हमाल कांग्रेसका उम्मेद्वार अमृत हमालसँग पराजित भएका हुन् । अमृतले तीन हजार १८३ मत ल्याउँदा भक्तराजले दुई हजार १७५ मत मात्रै पाए ।
जबकी २०७४ को निर्वाचनमा यो वडामा तत्कालीन एमाले एक्लै हुँदा पनि चर्तुमान गुरुङ निर्वाचित भएका थिए । गुरुङको क्यान्सरबाट मृत्यु भए पछि उपनिर्वाचन हुँदा एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी बनेको नेकपाका उम्मेद्वार पराजित भए ।