वडाध्यक्षमा नेकपा र कांग्रेस बराबर खोसाखोस, समाजवादी फाइदामा
४३ वडाध्यक्ष पदमा भएको उपनिर्वाचनन मध्ये ३६ वडाको मतगणना सकिएको छ ।
मतपरिणाम अनुसार, नेकपाले २२ वडा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षीबीच बराबर खोसाखोस भएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको सात वडामा नेकपाले जितेको छ भने नेकपाले जितेको सात वडामा कांग्रेसले जितेको छ । नेकपाले पहिले जितेको १३ वडामा यसपटक पनि जित हात पारेको छ ।
कांग्रेसले पहिले जितेको ४ वडामा यसपटक पनि जितेको छ । पछिल्लो मतपरिणाअनुसार, समाजवादी पार्टी, नेपालले यसपटक दुई वडाध्यक्ष खोसेको छ । समाजवादीले बारा र सर्लाहीमा जितेको छ ।
हरिपुर्वा–१, सर्लाहीमा नेकपाको सिट र बारागढी–१, बारामा कांग्रेसको सिट समाजवादी पार्टीले खोसेको हो ।