शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किदा ६ जनाको मृत्यु
विराटनगरबाट शव बोकेर उदयपुर जाँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किदा ६ जनाको मृत्यु भएको छ ।
ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति सुनसरीको हरिपुरमा ठोक्किएको हो । ट्र
कसँग ठोक्किदा एम्बुलेन्स चालक राजेश दनुवार (२८), दुर्गाधन राई (३४), टेकेन्द्र राई (२८) तुलबहादुर राई (५०) दिनेश राई र (३१) मुकेश राई (३५) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुवालोका कारण एम्बुलेन्स र ट्रक ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।