भक्तपुरमा उल्टियो परिणाम, कांग्रेसका भँडेल विजयी
भक्तपुर–१, (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
सत्तारुढ नेकपाका उम्मेद्वार डीबी ढकाललाई हराउँदै कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् ।
भँडेलले १३ हजार ४४९ मत प्राप्त गर्दा नेकपाका ढकालले ११ हजार २०६ मत प्राप्त गरे । २०७४ मा नेकपाका उम्मेद्वार हरिशरण लामिछाने विजयी भएका थिए ।