कपिलवस्तुमा राजपा र खोटाङमा नेकपा विजयी
कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्र निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार, ८६८ मत प्राप्त गरी मिश्र निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याए । एक हजार ७२२ मत खसेको थियो ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् ।
तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएकी हुन् ।
मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले बताए ।
तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वा्चित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।