धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा
धरान उपमहानर पालिकामा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बीच कडा प्रतिश्पर्धा देखिएको छ ।
नेकपाका उम्मेद्वार प्रकाश राईले कांग्रेसका उम्मेद्वार तिलक राईलाई १७ मतले मात्रै पछाडि पारेका छन् ।
तीन वडाको मत गणना सकिदा प्रकाश राईले २३०९ मत प्राप्त गरेका छन् भने तिलक राईले २२९२ मत प्राप्त गरेका छन् । धरानमा एमालेले जितेको थियो ।