कास्कीमा विद्या भट्टराईको अग्रता
प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेद्वार विद्या भट्टराईले अग्रता कायम राखेकी छन् ।
उनले कांग्रेसका उम्मेद्वार खेमराज पौडेल भन्दा तीन हजार ७०४ मतले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार, भट्टराईले ६ हजार ७९९ मत प्राप्त गरेकी छन् भने भने पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् ।
शनिबार सम्पन्न उपनिर्वाचनमा कास्कीमा ४५ हजार ५६३ मत खसेको छ ।