वडाध्यक्षको उपनिर्वाचनमा मन्त्रीहरुबाट मतदान
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर उपनिर्वाचनका लागि मतदान गर्न कञ्चनपुर पुगेकी छन् ।
कञ्चनपुरको पुनर्वास–३, को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदान गर्न कञ्चनपुर पुगेकी हुन् । मन्त्री मगरले बिहानै मतदान गरेकी छन् ।
पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ पनि उपनिर्वाचनमा मतदान गर्न गृहगाउँ पुगेका छन् । मन्त्री नेम्वाङले फिदिम नगरपालिका–१, को वडाध्यक्ष पदका लागि मतदान गरेका छन् ।
मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदानपूर्व मन्त्री नेम्वाङले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए । पाँथचरमा तीन पदका लागि हुने उपनिर्वाचन भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।