पोखरामा फेरि बम बिस्फोट
प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको एक मात्र क्षेत्र कास्की–२, मा फेरि बम बिस्फोट भएको छ ।
पोखरा महानगरपालिका–१६, दीप चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति भने हुन पाएन । यसअघि बिहान तीन मतदानस्थल नजिकै पनि बम बिस्फोट भएको थियो ।
प्रशासनले भने पटक बिस्फोट भएको हुनसक्ने जनाएको छ । पूर्व पर्यटमन्त्री रविन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानका लागि बिहान सात बजेबाट मतदान भइरहेको छ ।
दिउँसो एक बजेसम्म ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कास्की–२ मा ८२ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ । कास्की–२ मा नेकपाका तर्फबाट विद्या भट्टराई र प्रमुख प्रतिपक्षी काँग्रेसका तर्फबाट खेमराज पौडेल प्रतिश्पर्धामा छन् ।