‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिता शुरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिता शुरु भएको छ । शुक्रबार शुरु भएको प्रतियोगिता एक सय दिन चल्ने आयोजक वी वील राईज फाउन्डेसनले जनाएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले सहयोग पुग्ने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले बताए ।
उनले भने, “यो प्रतियोगिताले युवाहरुलाई सिर्जनात्मक सहभागी गराउँछ । उनीहरु मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्घनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।”
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि आझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रहि भिडियो बनाउनुपर्ने छ ।
यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर एक देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाइसक्नु पर्नेछ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०x१०८०) पिक्सेलको र समय अधिकतम पाँच मिनेटको हुनुपर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीहरुले फाउन्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राईभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मन्डलले आएका भिडियोहरु मध्येबाट दश विधागत अवार्डका लागि ७० भिगियो मोनयन गर्नेछन् । छनोटमा परेका दश उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
बेष्ट भिगियो अफ द इयर रु पाँच लाख, पब्लिक च्वाईस अवार्ड र बेष्ट डिरेक्टरलाई तीन तीन लाख, वुमन भिडियो मेकर अफ द इयर, फ्युचर अफ द ईयर, मोष्ट पोटेन्सियल डेस्टीनेसन, मोस्ट इनरजेटिक, भिडियो मेकर, बेष्ट स्क्रिप्ट भ्यवाईस ओभर र वेष्ट एडिटरलाई क्रमबद्घ एक लाख दिइनेछ ।
यो कार्यक्रम सरकारले घोषणा गरेको ‘समृद्घ नेपाल, सुशी नेपाली’ अभियानको मनोभावबाट अभिप्रेरित भएको कार्यक्रम संयोजक प्रभात रिमालले बताए । उनले सबैलाई आ–आफ्ना क्षेत्रबाट सहभागी हुन आह्वान समेत गरेका छन् ।