वडाध्यक्ष शेर्पाको निधन
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ ।
नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पा आठ महीनाअघि देखि उपचार गराइरहेका थिए ।
१३ फागुन २०२५ मा मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर वडाध्यक्ष भएका थिए । उनी तत्कालीन नेकपा (एमाले)बाट विजयी भएका हुन् ।
शेर्पाको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले बताए ।