साग पुरुष भलिबलः भारतसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो
दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगितबाट बाहिरिएको छ ।
समूह चरणको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो । नेपाल यसअगाडि बांग्लादेशसँग पराजित भइसकेको छ ।
महिला भलिवलमा भने नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।