विश्वव्यापी काेराेनाभाइरस महामारी

५७८८५०३

हालसम्म संक्रमित

२४९७३७५

निको भएका

३५७४१३

मृत्यु हुनेको संख्या

नेपाल

८८६

जम्मा संक्रमित

१८३

निको भएको

मृत्यु

अपडेटः बिहीबार, १५ जेठ २०७७ । ७ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार आइतबार, माघ २७, २०७५

पश्चिम बङ्गालमा विधायकको हत्या

हिमालखबर

सरस्वती पूजाको कार्यक्रममा सहभागि भइरहेकै बेला भारतको पश्चिम बङ्गाल राज्यका विधायक सत्यजित विश्वासको हत्या गरिएको छ ।

राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो । ३८ वर्षीय विश्वासको सत्तारुढ दल त्रिणमुल कंग्रेसकातर्फबाट विधायक थिए । उनको हत्या कसले हत्या गरेको हो यकिन हुन सकेको छैन ।

गोली प्रहार भएको केही समयमै उनलाई अस्पतालमा लगिएको थियो । त्यसको केही समयमै चिकित्सकले चिकित्सक तत्कालै मृत घाषित गरेका
थिए ।

प्रत्यक्षदर्शीका अनुसार, सरस्वती कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि विधायक विश्वास मञ्चबाट तल झरेका थिए । लगत्तै उनीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन् । तर जनता पार्टीले आरोप अस्वीकार गरेको छ । –रासस र सिन्ह्वा

 

प्रतिकृया दिनुहोस