भारतमा रेल दुर्घटना, कम्तीमा ६५को मृत्यु
भारत, उत्तरप्रदेशको कानपुर नजिक रेल दुर्घटना हुँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
इंदौरबाट पटना जाँदै गरेको ट्रेन आज बिहान कानपुर नजिक दुर्घटना हुँदा कम्तीमा ६५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते भएको भारतीय दैनिक टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।
गुडी रहेको ट्रेनका १४ डिब्बा पटरीबाट बाहिर आएपछि दुर्घटना भएको थियो । अहिले दुर्घटनास्थलमा राहत तथा उद्धारकार्य जारी रहेको समाचारमा जनाइएको छ ।
दुर्घटनाका कारण त्यसक्षेत्र भएर जाने रेल सेवा अवरुद्ध भएको छ ।
दुर्घटनाग्रस्त ट्रेनमा रहेका एक यात्रीका अनुसार त्यसबेला सबै यात्री सुतिरहेका थिए, एक्कासी ठूलो आवाजसँगै दुर्घटना भयो ।
यद्यपी मृतक र घाइतेको संख्या अरु बढ्ने बताइएको छ ।