ब्याइज यूनियनलाई डिभाइन वाइनको प्रायोजन
श्री महाकाली वाइन प्रा. लि.को उत्पादन डिभाइन वाइन र ब्वाइज यूनियन क्लबबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा डिभाइन वाइनका तर्पmबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट अध्यक्ष निरजबहादुर राउतले हस्ताक्षर गरेका छन् ।
प्रायोजन सम्झौता बापत डिभाइन वाइनले क्लबलाई दस लाख रुपैयाँ उपलब्ध गराएको छ । एक वर्षको सम्झौता अवधिभर क्लबको नाम ‘डिभाइन ब्वाइज यूनियन क्लब’ राखिनेछ ।
डिभाइन वाइनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।