१११८ अंक पछ्याउँदै नेप्से, आजपनि समान ८ अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो दिन आजपनि समान ८ अंकले बजार घटेको छ ।
आइतबार ८.५७ अंक घटेको नेप्से सोमबार पुनः ८.८५ अंक ओर्लिएर ११४४.२७ अंकमा झरेको हो ।
होटेलबाहेक सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्से ऋणात्मक देखिएको हो । व्यापार, जलविद्युत्, जीवन बीमा र ‘अन्य’ समूहका परिसूचक सर्वाधिक घटेका छन् ।
सोमवार सर्वाधिक महँगिने कम्पनी बनेको सेण्ट्रल फाइनान्सको शेयर मूल्य ३.६७ प्रतिशत बढेको छ भने सर्वाधिक सस्तिने आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ४.७ प्रतिशत घटेको छ ।
आज नेप्सेमा व्यापारमा आएका १६२ कम्पनीमध्ये २५ कम्पनीकोमात्रै सशयर मूल्य बढेको छ । मूल्य सस्तिने कम्पनीको संख्या ११४ छ भने बाँकी २३ कम्पनीको सशयर मूल्य स्थिर छ ।
शेयरको भाउ महँगिनेभन्दा सस्तिने कम्पनीको संख्या साढे ४ गुणा भएपछि आज नेप्सेको एडी रेसियो ०.२२ अंक छ । यसले बजार वियरिश अर्थात् घट्दो प्रवृित्तमा रहेको देखाउँछ ।
आज नेप्सेमा १२ लाख ९ हजार ८६८ कित्ता सेयर रु. ३६ करोड ४३ लाख ६४ हजारमा किनबेच भएको छ ।
बजार शुरुआती करीब आधा घण्टा उकालो लाग्ने प्रयासमा देखिए पनि वृद्धिको बाटोमा अघि बढ्न सकेन ।
त्यसपछि लगातार ओरालो लागेको नेप्से यो वर्षकै सबैभन्दा न्यून विन्दु अर्थात् १११८ अंक पछ्याउने क्रममा छ ।