एस ब्याङ्क नेपाल इन्भेष्टमेन्टमा समाहित
नेपाल इन्भेष्टमेन्ट ब्याङ्क लिमिटेडमा एस डेभलपमेन्ट ब्याङ्क समाहित हुने भएको छ । यसका लागि दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको ब्याङ्कले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट चुक्ता पुँजी रु.७२५ अर्ब भन्दा बढी भएकाे ‘क’ वर्गको वाणिज्य ब्याङ्क हो भने एस डेभलपमेन्ट ‘ख’ वर्गको विकास ब्याङ्क हो । पुस मसान्तपछि नेपाल इन्भेष्टमेन्ट ब्याङ्क लिमिटेडको नामबाट एकिकृत कारोबार गरिने ब्याङ्कद्वारा विज्ञप्तिमा उल्लेख छ ।
इन्भेष्टमेन्ट ब्याङ्कको देशभरी ४६ वटा शाखा छन् भने एस डेभलपमेन्टको १२ शाखा सञ्चालनमा छन् ।