विश्वव्यापी काेराेनाभाइरस महामारी

५७८८०७३

हालसम्म संक्रमित

२४९७१४०

निको भएका

३५७४००

मृत्यु हुनेको संख्या

नेपाल

८८६

जम्मा संक्रमित

१८३

निको भएको

मृत्यु

अपडेटः बिहीबार, १५ जेठ २०७७ । ६ः४० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

थप समाचार विहीबार, माघ १७, २०७५

जेलमै जलिन् महिला

हिमालखबर

रौतहटको गौर कारागारमा एक महिला खाना पकाउने स्टोभबाट शरीरमा आगो सल्किएर घाइते भएकी छन्।

सुनसरीको धरान १३ की कल्पना गुरुङ राई (२६) बिहीवार बिहान खाना पकाउने क्रममा जलेकी हुन्। स्टोभबाट उनको कपालमा आगो सल्किएको कारागार प्रशासनले जनाएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उनको उपचार भइरहेको छ।

घटनाको केहीबेरअघि उनीसँगै जेलमा रहेकी धनुषाको महुअवाकी पिंकी मुखिया (२२) बीच एमपी थ्रीका लागि तानातान भई विवाद भएको थियो। लागूऔषध मुद्दामा जिल्ला अदालत, मोरङले राईलाई २ वर्ष कैद र रु. १ लाख जरिवाना तोकेको थियो।

सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस