ग्लोबल आईएमई ब्याङ्कको ‘प्रोफेशनल लोन’, विना धितो १५ लाखसम्म पाइने
ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले पेशागत व्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी ‘ग्लोबल आईएमई ‘प्रोफेशनल लोन’ योजना ल्याएको छ ।
विभिन्न पेशामा सम्बद्ध कर्मचारी लक्षित उक्त योजना अन्र्तगत सेवाग्राहीले विना धितो रु. १५ लाखसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।
मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने ‘प्रोफेशनल लोन’ सुविधाले आफ्नो पेशाको साथै अन्य क्षेत्रमा लगानी गर्न चाहने कर्मचारीलाई सघाउ पुग्ने ब्याङ्कले विश्वास लिएको छ ।
‘प्रोफेशनल लोन’ सुविधा नेपालभरी रहेका ब्याङ्कका शाखा कार्यालयमार्फत उपलब्ध हुनेछ ।
साथै ब्याङ्कले ‘कृषि कर्जा’ ‘साना तथा मझौला व्यवसायी कर्जा’, ‘शैक्षिक कर्जा’, ‘घर तथा गाडी कर्जा’ लगायतका सुविधा प्रदान गर्दै आइरहेको छ ।
ब्याङ्कले १३३ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटीएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित इकाईमार्फत देशभर सेवा प्रवाह गर्दै आइरहेको छ । ब्याङ्कका ९ लाख ५० हजारभन्दा बढि ग्राहक रहेको जनाइएको छ ।