रेनो डस्टर आरएक्सएस सार्वजनिक
नेपालका लागि रेनो गाडीको आधिकारिक विक्रेता एड्भान्स अटोमोबाइल प्रा. लि. ले ‘रेनो डस्टर आरएक्सएस’ सार्वजनिक गरेको छ ।
रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्ट गाडी हो । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी, अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटूथ जडान गरिएको छ ।
त्यस्तै डुअल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका सुरक्षा विशेषता छन् ।
यसमा स्टेरिङ अडियो, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता पनि छन् ।
१.५ डीसीआई इन्जिनयुक्त आरएक्सएसले ८५ एचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ ।
आरएक्सएसमा एअर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पावर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रिकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।
हलोय ह्वीलसहितको डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ ।