समृद्ध मध्यपश्चिम फोटो प्रदर्शनी सुरु
मनघरी फाउन्डेशन र घुमफिर नेपालको आयोजनमा फोटो पत्रकार भरतबन्धु थापाको समृद्ध मध्यपश्चिम फोटो र वाईल्ड वेष्ट भिडियो प्रदर्शनी काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको छ ।
मध्य तथा सुदूरपश्मिका पर्यटककिय स्थललाई तस्बिर तथा भिडियोबाट प्रचार प्रसार तथा प्रर्वद्धन गर्नका लागि तस्विर तथा भिडियो प्रर्दशनी गरिएको मनघरी फाउन्डेशनका संरक्षक प्रेम बहादुर थापाले बताए । मध्यपश्चिका १५ जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको ५० तस्बिर प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीमा विशेष गरी आन्तरिक पर्यटकको रोजाईमा परेको रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बडिमालीका, स्वर्गद्धारीलगायतका तस्विर तथा भिडियो प्रर्दशनीमा राखिएको फोटो पत्रकार भरतबन्धु थापाले बताए ।
भिडियो प्रर्दशनीमा मध्य तथा सुदूरपश्चिमका पदयात्रा, सस्कृतिलगायतलाई समेटिएको छ । हुम्ला–रारा, खप्तड–रारा, वाईल्ड वेष्ट, वाईल्ड वेष्ट ट्राङ्गल (रारा–बर्दिया–शुक्लाफाँटा), खप्तड, रारा, बडीमालिका, जुम्लालगायतका स्थानको भिडियो प्रदर्शनीमा राखिएको छ ।
नेपाल पर्यटन बोर्डले मासिक रुपमा फोटो नेपालको प्रदर्शनीको आयोजना गरिरहेको छ । यसपटकको विशेष प्रदर्शनीमा मध्य र सुदूरपश्चिमलाई स्थान दिइएको फोटो नेपाल संयोजक सुधन सुवेदीले बताए ।