पाकिस्तानः क्वेटामा विष्फोट, कम्तीमा ५५ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा भएको बम विष्फोटमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ भने त्यतीनै संख्यामा घाइते भएका छन् ।
पाकिस्तानको बलूचिस्तान प्रान्तको राजधानी क्वेटाको सिविल अस्पताल नजिक विष्फोट भएको हो ।
केही समयअघि हत्या भएका बलुचिस्तान बार एशोसिएसनका अध्यक्षको शव उक्त अस्पतालमा राखिएको थियो र त्यहाँ वकिल र पत्रकारहरु उल्लेख्य संख्यामा उपस्थित थिए । त्यसैले मृतक र घाइतेहरुमा अधिकांश वकिल भएको पाकिस्तानी पत्रिका डनको अनलाईन संस्करणले उल्लेख गरेको छ ।
बलुचिस्तानका गृहमन्त्रीले यो आत्मघाती विष्फोट भएको बताएका छन् ।