नेप्से परिसूचक ४ अंक बढ्यो, कारोबार भने ओरालै
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० माघमा ४.१५ अंक बढेर बन्द भएको छ। दिनभरजसो बजार सूचकांक स्थिर देखिए पनि अन्तिम समयमा परिसूचक सुधार भएको हो।
नेप्से बढे पनि कारोबार रकम भने लगातार घट्दो क्रममा छ। ७ माघमा रु. ३६ करोड ७७ लाख कारोबार भएको नेप्सेमा ८ माघमा रु. २९ करोड २२ लाख व्यापार भएको थियो। १० माघमा रु. २४ करोड ७७ लाखको मात्रै कारोबार भएको छ।
१० माघमा नेप्सेमा १६३ कम्पनीको १० लाख २ हजार कित्ता शेयर किनबेच भयो। जीवन बीमा र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहगत परिसूचक उकालो लागेपछि समग्र नेप्से बढ्नमा सघाउ पुगेको हो। यस दिन माथिल्लो तामाकोशी जलविद्युतको शेयर रु. ३ करोड ७७ लाख २२ हजारको खरिदबिक्री भयो।
९ माघमा सानिमा इक्विटी फण्डको मूल्य सर्वाधिक ९.८९ प्रतिशत महँगियो भने जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४.९४ प्रतिशत सस्तियो।