ग्लोबल आइएमई ब्यांकका सीईओको राजिनामा स्वीकृत
ग्लोबल आइएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७ माघमा बुझाएको राजिनामा ८ माघमा स्वीकृत भएको छ। ब्यांकको सञ्चालक समितिले ९ माघदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए।
उक्त ब्यांकमा सञ्चालक समितिको हस्तक्षेप बढेको बताउँदै यसअघि पनि सीईओ फेरिने गरेका थिए। यसअघि नबिल ब्यांक छाडेर ग्लोबल आईएमई आएका अनिल ज्ञवालीले पनि सञ्चालक समितिसँग विवादपछि कार्यकाल नसकिँदै पद छाडेका थिए। त्यसबखत सञ्चालक समितिसँग नजिक रहेका भनिएका पौड्याल नयाँ सीईओ बनेका थिए। उनले पनि कार्यकाल सकिनुअघि नै ब्यांक छाडेका छन्। उनको कार्यकाल १२ मंसीर २०७८ सालसम्म थियो।
ज्ञवालीको राजिनामापछि २९ भदौ २०७४ मा ग्लोबलको कायममुकायम सीईओ नियुक्त भएका पौड्याल १३ मंसिर २०७४ मा सीईओ बनेका थिए।