सिभिल ब्यांक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
सिभिल ब्यांक लमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब एशियन लाइफका बीमा सेवा सिभिल ब्यांकका देशभर रहेका ७१ शाखामार्फत उपलब्ध हुनेछ ।
सिभिल ब्यांकले यसअघि पनि विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीसँग सम्झौता गरेर बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।