संविधान संशोधानका लागि एमाले अध्यक्ष सकारात्मक: प्रम दाहाल
संविधान संशोधनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा आज भएको छलफल सकारात्मक भएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले भने, “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”
मधेशी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि उक्त विषयमा सहमति जुटाउन उनले सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वसँग छलफल अगाडि बढाएका हुन् ।
रासस