नेविसंघ महाधिवेशन: बन्द सत्र स्थगित
प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको जारी महाधिवेशन अन्तर्गत आजको बन्द सत्र स्थगित भएको छ ।
केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा देखिएको प्राविधिक समस्याका कारण भोलि २५ साउन दिउँसो २ बजेसम्मका लागि बन्द सत्र स्थगित भएको नेविसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भोलि विहान ८ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयबाट महाधिवेशन प्रतिनिधिहरुले आफ्नो प्रतिनिधि परिचयपत्र लिन पनि नेविसंघले आग्रह गरेको छ ।
९ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको महाधिवेशनको उदघाटन हिजो भएको थियो । प्रतिनिधि विवावदका कारण महाधिवेशन लम्बिने देखिएको छ ।