टाटाको एनआरजी सार्वजनिक
नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले ‘एनआरजी’ प्यासेन्जर कार सार्वजनिक गरेको छ ।
कम्प्याक्ट यूटिलिटी भेइकल (सियूभी) मोडलको एनआरजीमा १.२ लिटरको रेभोट्रोन पेट्रोल इन्जिन, ५ स्पिड म्यानुअल ट्रान्समिसन, १८० एमएम ग्राण्ड क्लियरेन्स लगायतका विशेषता छन् ।
यसमा क्यानोयन अरेन्ज हाइलाइट्स सहित कालो इन्टेरियर, फेब्रिक सहितको बोल्स्टेर्स सिट, कुल्ड ग्लोभ बक्स र २४२ लिटर स्पेस सहितको बुट छ । सस्पेन्सन, लिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली, पाँच इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली सहितको एनआरजीमा डुअल टोन सहितका फोर स्पोक डुरअलोय चक्काहरु छन् ।
एनआरजी डुअल फ्रन्ट एयरब्याग, इबीडी र कर्नर स्टेबिलिटी कन्ट्रोल सहितको एबीएस, स्मार्ट वाइपर, पार्किङ सेन्सर लगायतका सुरक्षा प्रणालीयुक्त छ ।
मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरि तीन रंगमा उपलब्ध एनआरजीको मूल्य २९ लाख ५५ हजार तोकिएको छ ।