टिच फर नेपाललाई सन्राइज ब्यांकको सहयोग
सन्राइज ब्यांक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकमको चेक ब्यांकका संचालक समिति अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।
शैक्षिक क्षेत्रमा योगदान दिइरहेको टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको ब्यांकले जनाएको छ ।
टिच फर नेपालले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउन स्वयंमसेवी शिक्षकमार्फत सार्वजनिक विद्यालयमा अध्यापन गराउँदै आइरहेको छ ।