नेप्सेमा ७ अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको शुरु कारोबार दिन २२ पुसमा ७.२२ अंक घटेर ११७०.७९ अंकमा झरेको छ। लगातार घट्दो बजारमा नेप्से २२ पुसमा पनि बजार खुलेदेखि बन्द हुँदासम्मै ओरालो लाग्यो।
‘अन्य’ बाहेकका सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्से ओर्लिएको हो। २२ पुसमा नेप्सेमा १५६ कम्पनीको शेयर किनबेच भएकामा १५ वटा कम्पनीको मात्रै मूल्य महँगियो। यस दिन सर्वाधिक महँगिने शेयरमा नागरिक लगानी कोष (७.०५ प्रतिशत) रह्यो भने जेविल्स फाइनान्स, एनसीसी ब्यांक, आँखुखोला जलविद्यूत् कम्पनी र मेरो माइक्रो फाइनान्सको शेयर मूल्य २ प्रतिशतभन्दा धेरै महँगिए।
भार्गव विकास ब्यांकको सेयरमूल्य सर्वाधिक ७.५९ प्रतिशत सस्तियो भने छिमेक लघुवित्त, सिन्धु विकास ब्यांक र युनाइटेड फाइनान्सको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी सस्तिए।
२२ पुसमा नेप्सेमा ४ हजार २५२ पटक शेयर कारोबार हुँदा १५६ कम्पनीका १३ लाख ६३ हजार ८५४ कित्ता शेयरमा रु. ३१ करोड ३ लाख १४ हजार २२२ को कारोबार भयो।