रेशम चौधरीले शपथ लिए
प्रतिनिधिसभाका सदस्य रेशम चौधरीले शपथ लिएका छन् ।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथग्रहण गराएका हुन् ।
चौधरी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट कैलाली क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
शपथपछि संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलाई संसद्को लोगो हस्तान्तरण गरेका थिए ।
शपथ कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।
त्यस्तै, राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्य महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि उपस्थित थिए ।
डिल्लीबजारबाट शपथस्थल पु¥याइएका चौधरीलाई पुनःडिल्लीबजार कारागारमा राखिएको छ ।