शेयर बजार ६ दशमलव ४५ अंकले ओरालो
आज नेप्से परिसूचक ६ दशमलव ४५ अंकले ओरालो लागेको छ ।
बजार खुलेको २० मिनेटमै ९ अंकले बढेको नेप्से परिसूचक अर्काे २० मिनेटमा १६ अंकले आरालो लाग्यो ।
कारोबार अवधिभर उतारचढाव रहेको परिसूचक अन्तिममा ११९१ दशमलव ९४ अंकमा पुगेर रोकिएको हो ।
आज होटल, विकास ब्यांक, ब्यांक, ट्रेडिङ, जलविद्युत्, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स उप–समूह आरालो लागेको छ ।
घटेको बजारमा १६८ कम्पनीको रु. ७९ करोड ८७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
आज रु. ९ करोड ९५ लाख बराबरको शेयर खरिद बिक्री भएको एनएमबी ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो ।
बजार आरालो लाग्दा पनि हाथवे फाइनान्स र ग्लोबल आईएमई लघुवित्त संस्थाको मूल्य भने १० प्रतिशतले उकालो लागेको छ ।
आज ७ दशमलव ६७ प्रतिशतले मूल्य घटेको विशाल बजार कम्पनी लिमिटेड धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।