सिभिल ब्यांक र अजोड इन्स्योरेन्सबीच सम्झौता
सिभिल ब्यांक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल ब्यांंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सका बीमा सेवा ब्यांकका देशभर रहेका शाखामार्फत् उपलब्ध हुनेछन् ।
सिभिल ब्यांकले यसअघि पनि मेटलाइफ, एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बीमा कम्पनीसँग सम्झौता गरी जीवन तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।