संविधान संशोधन प्रस्ताव कात्तिकमैः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कात्तिक महीनाभित्रै दर्ता हुने बताएका छन्।
सरकारको सय दिनको काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यसै महीनाभित्र संविधान संशोधन प्रस्ताव दर्ता हुने र त्यसका लागि मधेशी मोर्चा लगायतका दलहरुसँग कुराकानी भइसकेको बताए ।
उनले भोलि, २७ कात्तिकमा सबै प्रमुख दलका नेताहरुबीच छलफल भई ३० गतेसम्म संशोधन प्रस्ताव दर्ता भइसक्ने दाबी गरे ।
उनले नेकपा एमाले र मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आफूलाई सहमति दिइसकेको बताए।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि उच्च अदालत गठन, भाषा आयोग गठन, लागि विभिन्न विधेयक पेश भएको बताए ।
संविधान संशोधन भए लगत्तै निर्वाचनको मिति तोकिने उनको भनाई छ ।
तीन सय दिनमा नहुने काम भयो
उनले सरकारले सय दिनमै तीन सय दिनको जति काम गरेको दाबी गरे ।
“मैले तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु,” प्रधानमन्त्री दाहालले भने ।
उनले सरकारका सय दिनका काम कारवाही सार्वजनिक गर्नुपर्ने व्यवस्था वैज्ञानिक नभएपनि त्यस्तो प्रचलन भएको हुँदा आफूले प्रस्तुत गरेको बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको संवोधनको पूर्ण पाठ