सरकारको सय दिनः प्रम दाहालले सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी आज अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन् ।
नेपाली कांग्रेसको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा गत १९ साउनमा नयाँ सरकार गठन भएको थियो ।
सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा गरेका उपलब्धि र समसामयिक राजनीतिक अवस्थाका बारेमा सम्बोधन गर्ने प्रम दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।