एनआईसी एशियाको सात शाखा थप
एनआईसी एशिया ब्याङ्कको विभिन्न सात स्थानका नयाँ शाखाहरुको एकैसाथ उद्घाटन गरिएको छ । नुवाकोटको बट्टारस्थित ७० औं शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, अत्तरीयास्थित ७१ औं शाखाको अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकाया र लेखनाथस्थित ७२ औं शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठीले गरेका हुन ।
यस्तै वाग्लुङ्गस्थित ७३ औं शाखाको वाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, बिरौटास्थित ७४ औं शाखाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, कावासोती स्थित ७५ औं शाखाको नवलपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष ओमप्रकाश पौडेल र दलदलेस्थित ७६ औं शाखाको उद्घाटन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरेका हुन ।
एनआईसी एशियाले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथैखुद मुनाफामा ६६ प्रतिशतको बृद्धि हासिल गरेको थियो ।