HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रेस काउन्सिलका अध्यक्षलाई खुलापत्र
'बालकृष्ण बस्नेतज्यू, प्रेस काउन्सिल सुधारको शुरूआत तपाईंको राजीनामाबाट हुनुपर्छ'
'बालकृष्ण बस्नेतज्यू, प्रेस काउन्सिल सुधारको शुरूआत तपाईंको राजीनामाबाट हुनुपर्छ' तपाईंलाई सरकारको आलोचना नियन्त्रण गर्ने शर्तमा काउन्सिलमा नियुक्त गरिएको होला भनी सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका थिए। तपाईंको नियुक्ति लगत्तै काउन्सिलले सामाजिक सञ्जालमा निगरानी बढाई ध्यानाकर्षणका लागि पत्र काट्ने कामले ‘वैधानिकतामा प्रश्न उठेको अल्पमतको कामचलाउ सरकारको आलोचना मत्थर पार्न’ तपाईंलाई खटाइएको हो कि भन्ने मेरो अनुमान छ। म चाहन्छु- तपाईंका आगामी गतिविधिले मेरो अनुमान गलत साबित होस्।