HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः राजा महेन्द्र जन्मजयन्ती
‘ज्ञानेन्द्रकै कारण नेपालमा खुलेन ओमेगा घडीको उद्योग’
‘ज्ञानेन्द्रकै कारण नेपालमा खुलेन ओमेगा घडीको उद्योग’ एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकुम भयो, “मेरो भाइ– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक उद्योग गर भनेर दिएकै छ। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू।”